काभ्रेपलान्चोक – यस साप्ताहिकका सम्बादाता राम्रो सन्देश डटकम का सह सम्पादक , माउन्टेन टेलिभिजनका काभ्रे सहयोगी र कोशिपारी अन्लाईन न्यजका संचालक अरबिन्द्र गौतम लाई बुधबार डिल्लिबजार काठमाडौमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय श्री पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगत पाँच हजार पाँच सय पचपन्न रुपिया सहित मोफसल पत्रकारिता पुरस्कार बाट सम्मानित गर्नु भएको छ ।
काभ्रेपलान्चोक जिल्लामा जन्मनु भइ राष्ट्रिय रुपमा स्थानीय समाचारहरु लाई सम्प्रेषण गरि नेपाल सञ्चार क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गरि गौरीशंकर च्छोरोल्पा मिडिया प्रा .लि को प्रथम वार्सिकोत्सबको अबसरमा गौतम लाई काठमाडौको डिल्लीबजारमा उक्त पुरस्कर प्रदान गरिएको थियो ।
साथै कार्यक्रममा अथितिहरुले आगामी दिनमा पनि नेपाली पत्रकारिता क्षेत्रमा गौमतको क्रियाशिलताले सफलता पाओस भन्दै शुभकामना समेत व्यक्त गर्नु भएको थियो










