काठमाडौँ – राजधानीमा सम्पन्न नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१ मा समाजसेवी प्रकाश कुमार श्रेष्ठ ‘राष्ट्रिय समाजसेवी सम्मान-२०२१’ बाट सम्मानित भएका छन्। बिगत लामो समय देखि विभिन्न तह तप्कामा रहेर तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो। रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संचालक समेत रहेका श्रेष्ठ युवा ब्यबसायी समेत हुन्। स्वदेशमा नै स्वरोजगार बन्नु पर्छ भन्ने अबधारणा लिएर अगाडी बढेका समाजसेवी प्रकाश कुमार श्रेष्ठ कानुन ब्यबसायी परिवारका व्यक्तित्व हुन्।
दिन, दुखि, गरिब, असाहय तथा अनाथहरुको पिडामा मलम लगाउन सफल श्रेष्ठले भुकम्प होस् या कोरोना होस्, उत्तिकै सक्रिय रहेर सामाजिक कार्यमा आफ्नो उपस्थिति बलियो बनाए। अनाथ आश्रम देखि बिकट गाउँ सम्म पुगेर, चामल, लत्ता कपडा देखि शैक्षिक सामाग्री समेत उनले वितरण गरेको थुप्रै उदारणहरु भेटिन्छन। उनले राष्ट्र र समाजको लागि पुर्याएको योगदानको उच्च कदर गर्दै समाजसेवी प्रकाश कुमार श्रेष्ठलाइ यस बर्षको ‘राष्ट्रिय समाजसेवी सम्मान-२०२१’ बाट सम्मानित गरिएको हो।










