काठमाडौँ – प्रदेश न.१ मा छायांकन स्थलगत अध्ययन गर्न बनेको समितिले प्रदेशका विभिन्न स्थानमा स्थलगत भ्रमण तथा अन्तरक्रिया गरि छायाङ्कन स्थल निर्माण गर्ने सम्भावना,अध्ययन, खाेजी गर्ने कार्य सम्पन्न गरेको छ।

अन्य स्थानकाे तुलनामा बराहक्षेत्रकाे श्रीलंका टापु सहितको आसपासकाे २( दुई) सय बिघा जग्गा छायांकन स्थल निर्माण गर्न उपयुक्त हुने र उक्त जग्गा नगरपालिकाले छायांकन स्थल निर्माण गर्न बराहक्षेत्र नगरकार्यपालिकको तर्फबाट मेयर निलम खनालज्यूले लिखित सहमति पत्र दिइसक्नु भएको छ।

अन्य स्थानमा पनि जनप्रतिनिधिहरूले आवश्यक सहयोग गर्ने प्रतिबध्दता जनाउनु भएको भएपनि विभिन्न विशेषता भएका कारण उक्त स्थान उपयुक्त भएको ठहर गर्दै समितिले आफ्नाे जिम्मेवारी सम्पन्न गरि चलचित्र बिकास बाेर्डका अध्यक्ष श्री दयाराम दाहाल ज्यू र प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री हिक्मत कार्कीज्युलाई प्रतिवेदन पेश गरेको छ । नेपाल सरकारले यस परियोजनालाई यथाशक्य लागू गरोस् भन्ने हाम्रो अनुरोध छ।

तपाईको प्रतिक्रिया