काठमाडौं – काठमाडौंमा सम्पन्न दोश्रो साधारण सभाबाट सौन्दर्य प्रतियोगिता संघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । यो संघको अध्यक्षमा मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपति चयन भएका छन् । आगामी दुई वर्षका लागि साधारण सभाले कक्षपतिको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमित चयन भएको हो ।
संघको महासचिबमा निशुकान्त झा, उपाध्यक्षमा फुपु तेन्जिङ शेर्पा, रमी श्रेष्ठ, र कोषाध्यक्षमा बालकृष्ण पोखरेल चयन भएका छन् । यस्तै संघको केन्द्रिय कार्यसमिति सदस्यहरुमा आश्विनी कान्त झा, अनिला श्रेष्ठ, नारायण आचार्य, मन्जु श्रेष्ठ, सारदा सापकोटा र सारदा थापा चयन भएका छन् ।
यस्तै संघका नव निर्वाचित महासचिब निशुकान्त झाले संघले सौन्दर्य प्रतियोगिता सम्बन्धि आचार सहिता तयार गरेको र चाँडै नै आचारसहिता लागू गरेर सौन्दर्य प्रतियोगितालाई व्यबस्थित बनाउने बताए । यस अघि पनि संघको महासचिब नै रहेको झाले संघ अब प्रादेशिक संरचनामा जाने पनि पनि कार्यक्रममा जानकारी गराए ।
नेपालमा अढाई दशकदेखि सुरु भएको सौन्दर्य प्रतियोगिता पछिल्लो समय नेपालमा वार्षिक रुपमा २५० भन्दा बढी कार्यक्रमहरु हुन थालेपछि यो संघ स्थापना गरिएको संघका अध्यक्ष कक्षपतिको बताए । नेपालमा एसिड आक्रमणको शिकार भएकाहरुको सम्मानमा चाँडै एक कार्यक्रम गरेर उनीहरुलाई समाजमा बाहिर आउनु आफुहरुले प्रोत्साहन गर्ने अध्यक्ष कक्षपतिले बताएका छन् ।










