काठमाडौँ । ‘यी आँखाका नानीमा’ बोलको आफ्नो बिल्कुलै नयाँ गीत लिएर गायक बिन्ती कुमार गुरुङ आएका छन्। भिडियो सार्वजनिक गरिएको छोटो समयमा यो समाचार तयार पार्दा सम्म ८६ हजार बढी दर्शकले हेरेका छन्।
विगत लामो समय देखि अमेरिकामा बस्दै आएका गुरुङले यो पटक अर्जुन दुङ्मेन राईको शब्द, मनोज साङ्सोन राईको संगीत र संगीत संयोजनमा रहेको नयाँ गीत सार्वजनिक गरेका हुन्।
अमेरिकामा नै छायांकन भएको भिडियोमा स्वयम् गायक गुरुङ फिचर्ड छन्। हालै सार्वजनिक नयाँ भिडियोलाई सुनिल उप्रेतीको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो। गायक गुरुङको आधिकारिक च्यानल ज्यासमिन क्रियसन मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
छिट्टै नै गायक बिन्ती कुमार गुरुङले र गायिका मेलिना राईको संगको युगल गीत ‘अमिलोमा कागती त’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा छन् । यो गीतको म्युजिक भिडियोबाट आफु निकै आशावादी रहेको गायक गायक गुरुङले बताएका छन्।

 

तपाईको प्रतिक्रिया