काठमाडौँ – समाजसेवी अन्जु बुढाथोकी आफैमा एक परिचित नाम हो। सामाजिक क्षेत्र तथा महिला सशक्तिकरणमा आफ्नो गर्विलो उपस्थिति बनाउदै आउनुभएकी बुढाथोकी आफुलाई युवा उद्धमीको रुपमा समेत अब्बल साबित गर्दै आउनु भएको छ । कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले यसलाई फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक सबै सेवा वन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका असाहय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरू भोक भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ। एकातिर यो महामारीमा दैनिक हजारौ संक्रिमित भइरहेका र सयौंले ज्यान गुमाइरहेका छन् भने अर्कोतिर दैनिक ज्याला र मजदुरी गर्ने तथा असाहयहरू खान नपाउने अवस्था सिर्जना भएको छ । यस्तो अबस्थामा सामाजिक अभियन्ताको रुपमा उभ्याउन सफल हुनुभएको छ, “समाजसेवी अन्जु बुढाथोकी। उहाँले निषेधाज्ञाको दोस्रो हप्तादेखि दुखि पिडितहरु, खाद्यान्नको समस्या भोगीरहेका सर्बसाधारण नेपाली जनतालाई खाद्यान्न राहत सहयोग पुर्याउदै आउनु भएको छ ।

निषेधाज्ञा लम्बिदै जाँदा चुलो बल्न छाडे पछि प्रत्यक्ष सम्पर्क तथा विभिन्न व्यक्तिको सिफारिसमा राहत पुर्याएको उहाँ बताउनु हुन्छ। त्यसैगरी विभिन्न अनाथ आश्रमहरुमा पुगी खाना खुवाने कार्य गर्दै आउनु भएको छ। उपत्यकाको विभिन्न क्षेत्रमा पुगेर पिडितलाई चामल, दाल, नुन, तेललगायतका सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो । दिन, दुखि, गरिब, असाहय तथा अनाथहरुको पिडामा मलम लगाउन सफल बुढाथोकीले भुकम्प होस् या कोरोना होस्, उत्तिकै सक्रिय रहेर सामाजिक कार्यमा आफ्नो उपस्थिति बलियो बनाउदै आउनु भएको छ । अनाथ आश्रम देखि बिकट गाउँ सम्म पुगेर, चामल, लत्ता कपडा देखि शैक्षिक सामाग्री समेत उनिले वितरण गरेको थुप्रै उदारणहरु भेटिन्छन।

तपाईको प्रतिक्रिया