काठमाडौँ : लोकप्रिय गायिका सुशिला पाठकको नयाँ गित “दशैँको शुभकामना” सार्बजनिक भएको छ। झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहुप्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l छोटो समयमा नै चर्चा कमाउन सफल भएकी सुमधुर आवाज, जादुमय नृत्य, चिटिक्क मिलेको शरीर तथा सुन्दर मुहारको कारणले चर्चाको शिखरमा पुग्न गायिका शुशिला सांगीतिक क्षेत्रमा नक्षत्रको रुपमा सांगीतिक प्रेमी नेपालीहरु बीच परिचित भएकी छिन।

दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज दिएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका शुसिला यसपाली नेपाली हरुको महान चांड बिजय दशमीको उपलक्ष्यमा आफ्नो दर्शक श्रोता सामु “दशैँको शुभकामना” लिएर आएकी छिन। त्यसो त गायिका शुशिलाको आवाजमा मिठास त छदै छ, त्यो भन्दा अझ उनको सुन्दरताले गर्दा उनि नायिका जस्ती गायिका बन्न सफल भएकी छिन । उनिमा हर किसिमको गित गाउने क्षमता हुनको साथै नृत्यमा पनि त्यतिकै पोख्त छिन । रोमाण्टिक गित,आधुनिक गित, क्लाबिंग गित, लोक पप तथा अन्य सबै खाले गित गाउने गायिका सुशिलामा हर प्रकारका गित गाउन सक्ने क्षमता छ ।

गायिका शुसिला तथा एरेन्जर आशिस अभिरलको स्वरमा रहेको गीतको रचना तथा संगीत आशिस अभिरलनै रहेका छन्। लिरिकल भिडियोको सम्पादन राजन कार्कीले गरेका छन्। भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया