सुनिल कटुवाल र करुणा दाहालको स्वरमा रहेको गीत ‘टिकटकमा छु हिट’ सार्वजनिक भएको छ । किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत,ऐरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
योगेन्द्र कार्कीको निर्देशन रहेको गीतको भिडियोमा अनिषा पाेखरेल, अजय श्रीस् , सुनिल कटुवाल, करुणा दाहालको अभिनय रहेको छ । गीतमा सन्देश रिमालको कोरियोग्राफी रहेको छ भने मिराज अर्यालले छायाँकन र सम्पादन गरेका हुन् । गीतलाई सुनिल कटुवाल ईन्टरनेटेन्मेन्ट ‘अफिसियल यूट्यूव’ मार्फत सार्वजनिक गरिएकाे हाे । गीत सङ्गीतमा राम्रै चर्चा कमाउन सफल सुनिल कटुवालको यसअघि ‘केटो अलि कमाउने होस्’, ‘मुखैमा राम राम बगलिमा छुरा’, ‘क पुरी क’ जस्ता गीत स्रोता÷दर्शकले औधि मन पराएका गीत हुन् ।