बलिउडका चर्चित अभिनेता शत्रुघ्नन सिन्हा आफ्नो व्यावसायिक जीवनलाई लिएर खासै चर्चामा आउँदैनन्, तर उनको व्यक्तिगत जीवन भने अहिले पनि हेडलाइनमा छ । शत्रुघन सिन्हाले बलिउडमा उत्कृष्ट फिल्महरु दिएर ठूलो योग्दान गरेका छन् ।

तर, अहिले उनकी छोरी सोनाक्षी सिन्हा आफ्नो पर्सनल र प्रोफेशनल लाइफलाई लिएर चर्चामा छिन् । सोनाक्षी सिन्हा आफ्ना बुबा शत्रुघ्न सिन्हासँग एकदमै नजिक छिन् र प्रायः दुवैले आफ्ना तस्विर र भिडियोबाट फ्यानलाई मनोरञ्जन दिइरहन्छिन् ।

अहिले सोनाक्षी सिन्हाको विवाहको खबर पनि आइरहेको छ । तर, हालै सोनाक्षी सिन्हाको विवाहसँग जोडिएको एउटा रोचक खबर बाहिर आएको छ । समाचारका अनुसार यति सम्पत्तिको मालिक भए पनि शत्रुघ्न सिन्हाले छोरी सोनाक्षी सिन्हालाई दाइजोमा एक पैसा पनि नदिने बताइएको छ ।

शत्रुघ्न सिन्हा १९३ करोडको सम्पत्तिका मालिक हुन् । २०१९ को चुनाव लड्न दिएको शपथ पत्रमा उनले आफ्नो सम्पत्ति भनेका थिए । एक अन्तर्वार्तामा शत्रुघ्न सिन्हाले आफ्नो सम्पत्तिबाट छोरीलाई केही नदिने बताएका थिए । शत्रुघन सिन्हाको यो कुरा सुनेर फ्यानहरु चकित बनेका थिए ।

शत्रुघ्न सिन्हाले आफ्नी छोरी आत्मनिर्भर छिन् र आफूले सबै काम गर्न सक्ने बताएका थिए । मैले उसलाई केहि दिनु पर्दैन। यही कारण छोरीलाई केही दिन चाहँदैनन् ।

सोनाक्षी सिन्हाको वर्कफ्रन्टको कुरा गर्दा सोनाक्षी सिन्हा पछिल्लो पटक ‘भुज द प्राइड अफ इन्डिया’ मा देखिएकी थिइन् । यो फिल्म हिट भएन तर सोनाक्षी सिन्हाको अभिनयलाई निकै रुचाइएको थियो ।

तपाईको प्रतिक्रिया