अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउन तत्परता देखाएको छ । एक अवार्डमा सहभागी हुन बिहीवार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली फिल्ममा लगानी गर्न इच्छा व्यक्त गरेको हो ।
‘ब्लुचिप’ का सिइओ रविन्द्रनाथ सोनीले ग्लोबल विषयमा नेपाली फिल्म बनाउन कम्पनि तयार रहेको जनाएका हुन् । ‘बलिउडमा हामीले धेरै काम गरेका छौं । ‘सूर्यवंशी, ८३’ लगायतका फिल्मलाई ‘ब्लूचिप’ ले फाइनान्स गरेको छ । अब राम्रो विषयमा हामी नेपाली फिल्म बनाउन इच्छुक छौं । नेपाल बसाईको क्रममा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं’ रविन्द्रनाथले भने ।
नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवर्धन गर्न आफूहरु तयार रहेको उनको भनाई छ । उनले भने, ‘म पहिलो पटक नेपाल आएको हुँ । गौतम बुद्धको देशमा आउन पाउँदा मलाई आफ्नै देशमा आएको महशुस भइरहेको छ ।’










