काठमाडौं : निर्वाचन आयोगले अहिलेसम्म ३५ प्रतिशत मत खसेको जनाएको छ । आयोगले मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको जनाएको छ ।
७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा मतदान जारी छ ।
दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूरु गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उक्त स्थानहरूमा छिट्टै मतदान सुरु हुने आयोगले अपेक्षा लिएको छ।










