नेपाली संगीत बजारमा नयाँ गीत ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ। सुरज पौडेल र अनु चौधरीको स्वरमा सजिएको यस गीतले मधुरता र रोमान्टिक भावनालाई प्रस्तुत गरेको छ। प्रमोद ढुंगानाको शब्द रहेको गीतमा मनोज चौलागाईंको संगीत तथा एरेन्ज सुन्न सकिन्छ। गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो, जसले ध्वनि गुणस्तरलाई थप आकर्षक बनाएको छ।


गीतको भिडियोतर्फ निर्देशक नितिन चन्दले रोमान्टिक कथावस्तुलाई दृश्यमा उतारेका छन्। रोहित सिंह ठकुरीको कोरियोग्राफीमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ, जसले भिडियोमा जीवन्तता थपेको छ। मेकअप एकता भण्डारीले गरेकी हुन् भने सम्पादन सौखिन तिमल्सिनाले गरेका छन्। भिडियोका निर्माता निल प्रसाद ईटनी हुन्।


गायक सुरज पौडेलका लागि यो १०औँ म्युजिक भिडियो हो, जसले उनको सांगीतिक यात्रामा अर्को उपलब्धि थपेको छ। भिडियो ‘म्युजिक मन्त्र’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियोको छायांकन भक्तपुरको गुन्डु क्षेत्रमा गरिएको छ, जहाँ विनोद बिष्टले डिओपीको रूपमा क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्। ‘हावा चल्यो सिरिरी’ले संगीतप्रेमी दर्शक–श्रोतामाझ नयाँ स्वाद दिन सक्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया