ज्योतिषी दुर्गाप्रसाद भण्डारी
वि.सं.२०७९ साल साउन ३१ गते । मंगलबार । ईश्वी सन् २०२२ अगष्ट १६ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–पंचमी, रातको १२ बजेर ९ मिनेट उप्राान्त षष्ठी । नक्षत्र–रेवती, रातको ०१ बजेर ५७ मिनेट उप्रान्त अश्विनी । योग–शूल, रातको ३ बजेर १२ मिनेट उप्रान्त गंड । करण–कौलव, दिउसो १२ बजेर २६ उप्रान्त तैतिल, रातको १२ बजेर ९ मिनेट उप्रान्त गर । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३५ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२ घडी ४१ पला । दाछिकोलमती घाट स्नान , ल।पु।नृसिंहयात्रा , उपकलासाँया, बैतडी विश्वनाथ मन्दिरमा साउने मेला समाप्ती ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाइ लेखाइमा राम्रो प्रगती गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा बृद्धी गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउने ग्रहयोग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पती तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । तरपनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यावसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पूख्र्यौली सम्पतिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पती जोड्न सकिनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पुराना समस्याहरु समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । प्रेम सम्बन्धहरुलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तरपनि नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । धर्म सस्कृती तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा उपलब्धी हात पार्नको लागी कडा मेहनेतको खाचो पर्नेछ । व्पायार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदि बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाई सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा नचाहादै नचाहादै टाडिनु पर्दा मन खिन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तार्किक क्षमता बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाईलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बीच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईँको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागी ल्याउन सकिने भएपनि सहकर्मी हरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भिर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो तथा रमाईलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मिठो बोल्दा पनि बिपक्षीहरुले गलत अर्थ लगाई तपाईको साख गिराउन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नै हरुले रुपैपा पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनुहोला । कुटुम्ब तथा आफन्तसँग कुनै पनि काम गर्दा ध्यान दिनुहोला पछि आर्थिक कुरामा राय बाजिने तथा मनमुटाब सिर्जना हुन सक्छ ।

तपाईको प्रतिक्रिया