पछिल्लो समयका चर्चित भजन गायक हुन् सशान कंडेल । अहिलेका नयाँ पुस्ता देखि बृदबृदा , बालबालिका सबैलाई भजन मार्फत मोहनी लाउन सफल भएका छन उनले । उनै भजन स्टार सशान कंडेलको पछिल्लो भजन ‘बोलिदेन पापी मन’ रिलिज गरिएको छ। रिलिज संगै सबै तिरबाट चौतर्फी माया यो भजनले पाएको छ। सशानलाई यो भजनमा गायिका उन्नती कंडेलले साथ दिएकी छिन । चर्चित भजन गायक हिरालाल कंडेलको आफ्नै सुपुत्री हुन उन्नती कंडेल। उनको पनि यो क्षेत्रमा एकदमै संभावना देखिएको छ। निकै नै मिठास र कर्णप्रिय रहेको छ उनको स्वर। सम्बन्धमा सशान र हिरालाल कंडेल दाजुभाइ पर्छन । हिरालाल कंडेल कै शब्द संगीतमा तयार पारिएको यो भजनलाई सन्जय हमालले संगीत संयोजन गरेका हुन। भजनको भिडियोलाइ निकै नै उत्कृष्ट ढङ्गले छायांकन गरिएको छ ।सम्पुर्ण कलाकारहरुको उत्कृष्ट अभिनयले सुनमा सुगन्ध थपिदिएको छ । दिपक गौतम, प्रदिप ओझा, प्रकाश सापकोटा ,पुस्पा आचार्य लगायत कलाकारहरुको उत्कृष्ट अभिनयले सजिएको भिडियोमा दिपक गिरिको छायांकन, बिकाश दाहालको सम्पादन अनि स्वयम सशान कै निर्देशनमा तयार भएको छ।






































































