अनाम-एकता समाजले आज बडा दशैं, तिहार, नेपाल सम्वत् नयाँ बर्ष एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो ।
अनाम एकता समाजका अध्यक्ष क्या. नारायणप्रसाद राईको सभापतित्वमा आयोजित सो कार्यक्रमको संचालन राधेश्याम लेकालीले गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरु रविन्द्र मिश्र, माननीयहरु दिपेन्द्र श्रेष्ठ, शान्ता ढकाल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., समाजसेवीहरु शोभित उप्रेती, टंक श्रेष्ठ, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, समाजसेवी शशीकला प्रधानलगायतले दशैंको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा वक्ताहरुले दशैंलाई नेपालीको दशैंको रुपमा मनाउनुपर्ने भन्दै शान्ति, समृद्धि, समुन्नतिको कामना गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व राजदुत महेश दाहाल, साहित्यकारहरु प्रा. डा. गोविन्दमान सिंह कार्की, पवन आलोक, डा. शान्ति गिरी, सरस्वती गौतम, कलाकार विनोद अधिकारी, पत्रकारहरु वर्षा (चीन), रोजी ढकाल, ज्ञानेन्द्र कार्की, कामपाका निवर्तमान सदस्य दिपक राई, समाजसेवीहरु शिवराम राजबंशी, ध्रुव के.सी., कामपा २९ वडाका सदस्यहरु, अनामनगरस्थित नेपाल प्रहरीका प्रतिनिधिहरु तथा अनामनगर र घट्टेकुलोका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।







































































