संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिविरुद्ध नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पुत्ला दहन गरेको छ । संघले मन्त्री किरातीले आपत्तिजनक र धार्मिक सहिष्णुुता विरोधी धारणा अभिव्यक्त गरेको भन्दै संघले राजधानीमा पुत्ला जलाएको बताएको छ ।
सो क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि तनावको अवस्था सिर्जना भएको संघले जनाएको छ । संघले आयोजना गरेको कार्यक्रममा मन्त्रीविरुद्ध चर्का नारा लगाइएको थियो ।