क्यानडामा गायिका प्रविशा अधिकारीको सांस्कृतिक साँझ हुने भएको छ ।

टोरोन्टोबाट संचालित माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा २४ डिसेम्बरमा सांस्कृतिक साँझ हुने भएको हो । सो कार्यक्रममा गायिका प्रविशा अधिकारीले आफ्ना लोकप्रिय गीत गाउने भएकी छन् ।

सांस्कृतिक साँझमा जिटिए वरपर बस्ने नेपाली समुदायलाई सहभागि हुन आयोजक बसन्त कार्कीले आग्रह गरेका छन् ।

कार्यक्रमबारे भिडियो सन्देश जारी गर्दै गायिका अधिकारीले नेपाली समुदायलाई कार्यक्रममा साथ दिन आग्रह गरेकी छन् । गायिका अधिकारी केही समयदेखि अमेरिकामा बस्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया