राजधानीको मिनभवनस्थित सिभिल हस्पिटलमा कार्यरत कर्मचारीहरुले आन्दोलन थालेका छन् । लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरुले आफ्ना माग पूरा गरियोस् भन्दै धर्ना दिएको बताएका छन् ।

हस्पिटलमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीहरुको हकहितका लागि हस्पिटलको विनियमावली संशोधन गर्नुपर्ने भनिएको छ । त्यसैगरी विनियमावली संशोधन गर्दा निजामती कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरुलाई अनिवार्य सहभागी गराउनुपर्ने कर्मचारी संघर्ष समितिका संयोजक जानुका रिजालले बताइन् ।

लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरूको पूर्ववत् सेवा र सुविधालाई निरन्तरता दिनुपर्ने र स्थायी प्रक्रियामा लैजानुपर्ने माग अघि सारिएको छ ।

उनीहरुले कर्मचारीको वृत्ति विकासमा न्यायपूर्ण, समानता र पेशागत सुरक्षा कायम गर्नुपर्ने, सामाजिक सुरक्षाकोष कायम गरिनुपर्ने आवाज पनि उठाएका छन् ।

तपाईको प्रतिक्रिया