कटहरी – कसैले तपाँइलाइ पालिका अध्यक्षले के गर्छन ? भनेर प्रश्न गर्यो भने तपाँइ सहजै जवाफ दिनुहुन्छ ? पालिकाको बिकास गर्छन ? तर कटहरी गाउँपालिकाका प्रमुखहरुले गाउँको बिकास गरेनन तर आफ्नो विकास गरे । उनिहरुले आफ्ना छोरी र बुहारीलाइ जागिर लगाउने काम गर्छन । राम कुमार कामत अध्यक्ष भएपछी उनले आफ्नी छोरीलाइ सुब्बा तहको जागिर लगाए ।

कामतकी छोरिलाइ देवराज चौधरीले अध्यक्ष जितेपछी कामतकी छोरि सहित आफ्नी बुहारीलाइ जागिर लगाए । कार्यविधिनै बनाएर दवन्दि बनाएर कामतकि छारिलाइ एक तह घट्वा गरेर खरदारमा पुनर नियुक्ती गरे । चुनाउ जितेको तिन महिना नवित्दै आफ्नै बुहारीलाइ पनि रोजगार सह–संयोजकमा प्रक्रिया पुर्याएर जागिर लगाए । बुहारीलाइ जागिर किन लगाउनुभयो भन्ने पत्रकारहरुको प्रश्नमा चौधरी भन्छन, सिस्टम बाट प्रतीस्प्रधा गरेरै मेरि बुहारीले जागिर खाएका हुन ,। जातीवादी आन्दोलनको नेतृत्व गरेका चौधरी एमाले , कांग्रेस र फोरम लोकतान्त्रीक हुदै फेरि कांंग्रेसमा फर्कीए । चुनाउताका कांग्रेका माथिल्लो तहका एक नेतालाइ हातमा लिएर टिकट लिएका चौधरी एमालेको इशारामा घुमिरहेका छन ।

आफुलाइ कांग्रेस बताएपनी स्थानीय कांग्रेसहरु नै उनको काम गर्ने तौर तरीकाबाट रुस्ट छन । २०८० सालको असारमा स्थानीय कृषक मल खाद लिन तिन पटक पालिका धाए । स्थनीय राम कृष्ण पराजुली त पाँच किलो मललिन डेढ महिना धाए ,। समयमा मलखाद्य उपलब्ध गराउन नसकेको भनेर स्थानीयहरुले चर्काे आलोचना गरे । कटहरी ६ का रामकृष्ण पराजुली भन्छन, पाँच किलो मललिन म डढ महिना धाए तर पनि दिएनन त्यसपछि म भारतबाट ल्याए ,।

सामुदायिक भवन झुटो आश्वासनमा सिमित

चुनाउका बेला थलाहामा सामुदायिक भवन बनाउने आश्वासन दिएका थिए । तर अहिले सम्म त्यो बाचा पुरा गर्न सकेनन । स्थानीय पत्रकार पदम सदार भन्छन , अध्यक्ष जिले जनतालइ ढाँटि रहनुभएको होइन उहाँ आफै ढाटिनुभएको छ, । सरदार आफै चौधरीलाइ जिताउन लागेका थिए । एमालेबाट उमेदवार बनेका आफ्नै नातेदार सुभाष सरदारलाइ सहयोग गर्न छोडेर चौधरीलाइ सहयोग गरेका थिए । कांग्रेसका उमेदवारलाइ जिताउन पत्रकार पदम सरकारले त्यो समुदायका आधा मत चौधरीको पक्षमा पल्टाउन सहयोग गरे । तर चौधरी सरदारलाइ राम्रो मान्दैन्न । त्यतीमात्र होइन । आफ्नै पार्टीको सुभेक्षुक संस्थाका कार्यसमीती सदस्य दिनेश खड्काले उनको चुनाउ प्रचारमा सहयोग गरे । खड्कालाइ पनि चौधरीले लोप्पा खुवाइदिए । त्यतीमात्र होइन । सामाजिक संञ्चालमा चौधरीले पोस्ट गरेको विषयलाइ लिएर चौधरीले तथानाम गालि गरे ।

तपाईको प्रतिक्रिया