काठमाडौँ, फागुन २० गते ।
नेपाल निजामति कर्मचारी सङ्गठनले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( मार्च ८) को अवसरमा महिला सशक्तिकरणमा देखिएका समस्या, सम्भावना र चुनौति विषयमा वक्तृत्वकलाको आयोजना गरेको छ ।
नेपाल निजामति कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमिति, महिला विभागद्वारा आयोजित वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय स्थानमा क्रमशःमोतिकुमारी पौडेल, अस्मिना ढकाल र विनुका पौडेल हुनुभयो ।
उहाँहरूलाई पुरस्कार स्वरूप जनही आठहजार रूपियाँ, पाँचहजार रूपियाँ, तीनहजार रूपियाँ प्रदान गरिएको थियो ।
त्यसैगरी सुष्मा थापा र प्रमिला गौतमले सान्त्वना पुरस्कार नगद दुई÷दुई हजार रूपियाँ प्रदान गरिएको थियो ।
नेपाल सरकारका सह–सचिव विनोद कुँवरको संयोजत्वमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा.रजनी ढकाल र युवा कवि सुदेश सत्याल निर्णायक मण्डलमा रहनुभएको थियो ।
सो अवसरमा एमाले स्थायी समिति सदस्य शिवमाया तुम्वाहाम्फेले मार्च ८ ले महिला सशक्तिकरणका विविध आन्दोलनका झलकहरू स्मरण गराउँछ भने यहि सन्दर्भमा आयोजित यस वक्तृत्वकलामा महिला कर्मचारीले सक्रियतापूर्वक सहभागीता जनाएर परिवर्तनका लागि आवाज मुखरित गरेको बताउनुभयो ।
उहाँले महिला सशक्तिकरणमा पुरूषको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्दै समयसँगै महिलाले हरेक क्षेत्रमा धेरै मेहनतका साथ अगाडि बढ्ने चेष्टा गरेको बताउनुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले महिला र पुरूषको सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने यस युगको माग हो, भन्नुभयो ।
नेपाल निजामति कर्मचारी केन्द्रीय कार्यसमिति, महिला विभाग प्रमुख एवं सङ्गठनको उपमहासचिव विजयालक्ष्मी सुवेदीले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस(मार्च ८) लाई सिर्जनसिल माध्यमले मनाउन विभागले वक्तृत्वकलाको आयोजना गरेको बताउनुभयो ।
महिला सशक्तिकरणमा देखिएका समस्या, सम्भावना र चुनौति विषयमा वक्तृत्वकलाको आयोजना
