प्रत्येक वर्ष २१ मार्चको दिन विश्वभरी डाउन सिण्ड्रोम दिवस मनाईदैछ । शनिबार पत्रकार सम्मेलन गर्दै डाउन सिण्ड्रोम समाज नेपालको अध्यक्ष शिला थापाले हरेक बर्ष मनाउदै आएको विश्‍व डाउन सिण्ड्रोम दिवस संयुक्त राष्ट्रसंघको “End The Stereotypes” भन्‍ने अन्तरार्ष्ट्रिय नारा तथा डाउन सिण्ड्रोम अवस्था प्रतिको परम्परागत नकारात्मक सोचको अन्त्य गरौँ ” भन्न्‍ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम गरी १३ ‍औँ अन्तरार्ष्ट्रिय दिवस मनाउन लागिएको जानकारी दिइन् ।

यस दिवसका अवसरमा मार्च १ डाउन सिण्ड्रोम पहिचान तथा अभिमुखिकरण कार्यक्रम ,मार्च १० साँस्कृतिक कार्यक्रम, मार्च २१ विश्व डाउन सिण्ड्रोम दिवसको पहिलो युवा सम्मेलन तथा आउट डोर कार्यक्रम रहेको छ ।

डाउन सिण्ड्रोमको विषयमा जानकारी तथा जनचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् २०१२ देखिमार्च २१ तारिका दिन देखि विश्व व्यापी रुपमा विश्व डाउन सिण्ड्रोम दिवस मनाउने कार्यको सुरुवात गरेकोहो । यस दिन विश्वव्यापी रुपमा डाउन सिण्ड्रोम अवस्थाका समुदायले आफ्नो अधिकार, समावेशी र
अधिकारको वकालत गर्ने एक विश्व व्यापीआवाज सृजना गर्न एक साथ बोल्ने छन् । नेपालमा भने डाउनसिण्ड्रोम समाज नेपालले सन् २००६ देखि नै यो दिवस मनाउन थालेको हो । डाउन सिण्ड्रोममा क्रोमोजोमको २१ औं जोडीमा ३ वटा क्रोमोजोम रहने र मार्च २१ को दिनमा पनि ३ र २१ रहने भएकोले यो दिनलाई विश्व डाउन सिण्ड्रोम दिवसका रुपमा मनाउन थालिएको हो ।

डाउन सिण्ड्रोम अवस्था बौदिक अपाङ्गता भित्रको एक अवस्था हो । मानिसको शरीमा २३ जोडीमा क्रोमोजोमहरु रहेका हुन्छन् । आमाको २३ र बुवाको २३ जोडी गरी ४६ वटा क्रोमोजोम हुनु पर्नेमा कहिले काँही कुनै बच्चामा एउटा क्रोमोजोम बढी हुने हुन्छ । यसरी ४७ वटा क्रोमोजोम हुने अवस्था नै डाउन सिण्ड्रोम हो । उनीहरुको शरीरमा यो एउटा बढी क्रोमोजोम २१ औ जोडिमा देखिने भएकोले यसलाई ट्राइसोमी २१ पनि भनिन्छ ।

तपाईको प्रतिक्रिया