उदयपुर, २०८० चैत्र ०१ गते ।
उदयपुरको बेलका नगरपालिका-७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका ७ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा धरानको बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतकहरु मध्ये चालक हतुवागढी गाउँपालिका-२ का ४० बर्षीय मान बहादुर बस्नेत र हतुवागढी गाउँपालिका-५ का ४२ बर्षीय किसान राईको सनाखत भएको र अन्य मृतकहरुको सनाखत हुन बाकी रहेको छ । उक्त दुर्घटनामा परी ६ जना पुरुष र ३ जना महिला गरी ९ जना घाईते भएका छन् । घाईतेहरुको उद्धार गरी उपचारको लागी धरान पठाईएको छ भने सनाखत हुन बाकी रहेका मृतकहरुको उद्धार गरी सनाखत गर्ने कार्य भईरहेको छ ।










