काठमाण्डौ — १४ किलो सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटी माग गरेकोमा गुरुङ धरौटी बुझाएर छुटेका हुन् । उनीविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । उनलाई प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले फागुन १४ गते पक्राउ गरेर भन्सार कार्यालयमा बुझाइएको थियो ।
विमानस्थल भन्सार कार्यालयले गएको मङ्सिर २१ गते दुबईबाट काठमाण्डौ आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । त्यही मुद्दामा जोडिएपछि गुरुङ पक्राउ परेका थिए ।










