मोरङ,५ असार ःराष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले कोशी अस्पतालले सहज रुपमा नागरिकलाई स्वास्थ्य उपचार गराउनका लागि आज यहाँ ध्यानाकर्षण पत्र वुझाएको छ।
राप्रपाका महामन्त्री प्रल्हादप्रसाद साहले चार वुंदे ध्यानाकर्षण  पत्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रबिन राज सिंह वुझाउदै अस्पतालले नागरिकको स्वास्थ्यलाई प्रमुखता दिई चिकित्सकहरुले सहज रुपमा विरामीहरुलाई सेवा उपलव्ध गराउनुपर्नेमा जोड दिनु भयो ।
  पार्टीका  कार्यवाहक अध्यक्ष राजेश मास्के र सचिव जयप्रसाद सिटौलाद्वारा हस्ताक्ष भएको उक्त्त ध्यानाकर्षणमा पत्रमा सरकारद्वारा तोकिएको औषषि सर्वसुलभ रुपमा उपलव्ध हुनुपर्ने,मेडिकल सम्बन्धी उपचारका सामाग्री सेवाग्रहीले पाउनु पर्ने,वहिरङ्ग  विभागमा चिकित्सक तोकिएको समयमा अनिवार्य रुपमा कार्यकक्षमा उपस्थिति हुनुपर्ने शल्यक्रिया गर्नु सेवाग्राहीलाई समयमा सेवा उपलव्ध गराउनु पर्ने, सिटी स्क्यान सेवा यथाशिघ्र सञ्चालनमा ल्याउनु पर्ने उल्लेख गरिएको छ।
अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा सिंहले आगामी दिनमा सेवाग्राहीलाई सहज उपचारको व्यवस्था गर्नुका साथै प्रयोगशालाको कार्य चुस्तदुरुस्त राख्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
यसअघि पार्टी कार्यालय विराटनगर शनिहाटबाट राप्रपा कार्यकर्ताहरुको एक टोली ध्यानाकर्षण पत्र वुझाउन अस्पताल आएको थियो ।

तपाईको प्रतिक्रिया