सिंघिया नदी आरती सञ्चालनवाट नेपाली समुदायबीच सद्भावको सन्देश प्रभाव हुने– मुख्यमन्त्री कार्की
मोरङ,२६ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनु भएको छ।
विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर –१ परोपकारधाममा आज साँझ देखिशुरु गरिएको सिंघिया नदस्ी आरतीको शुभारम्भ गर्दै उहाँले प्रदेश सरकारले यो आरती ३६५ दिन नियमित सञ्चालनका आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले यस परोपकारधाम घाटको आवश्यक जीर्णोद्धार एवं थप भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने बताउनु भयो ।
उहाँले यस क्षेत्रमा आरती सञ्चालनले धार्मिक पर्यटकको आगमनमा समेत वृद्धि हुने विश्वास व्यक्त्त गर्नु भयो ।
धाममा शुक्रबार देखि सोमबारसम्म हरेक दिन साँझ ५ः३० वजे आरतीको कार्यक्रम हुने आरती सेवाका सल्लाहकार एवं रासस सञ्चालक समितिका सदस्य शंकर खरेलले जानकारी दिनुभयो ।
उहाँले चार दिनको महाआरती कार्यक्रम पछि हरेक शुक्रबार साँझ नियमित रुपमा आरती कार्यक्रम गरिने बताउनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सहित विराटनगका विभिन्न वडाका वडाअध्यक्ष, कटहरी, वुढीगंगा , ग्रामथान गाउँपालिका र छिमेकी भारतीय सहरका धर्मावलम्वीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
४५ मिनेटको आरती कार्यक्रमका लागि १५० महिला भजन मण्डलीको सहभागी रहेका थिए ।
सिंघिया आरती कार्यक्रमका लागि पण्डित गोकुल भण्डारीको नेतृत्वमा पाँच जनाले नियमित अभ्यास गरिरहेका छन् ।
आरती सेवा सञ्चालनका लागि २५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया