काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् । गएराति भएको खेल बराबरी हुँदा सिटीले च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ ।

यो बराबरीसँगै सिटीको ३६ खेलमा ६५ अङ्क भएको छ । सिटी तालिकाको तेस्रो स्थानमा छ । तालिकाको पुछारमा रहेको टोली साउथह्याम्पटन समान ३६ खेलमा १२ अङ्क छ ।

प्रिमियर लिगमा गएराति भएका अरू खेलमा एभर्टनले फुलहमलाई ३–१ ले, ब्राइटनले उल्भ्सलाई २–० ले, ब्रेन्टफोर्डले इपस्विच टाउनलाई १–० ले हरायो । त्यस्तै एस्टनभिल्लाले बर्नमाउथलाई १–० गोलले हराएको छ । अङ्कतालिकामा शीर्ष स्थानको लिभरपुलले यसअघि नै लिगको उपाधि जितिसकेको छ ।

तपाईको प्रतिक्रिया