कोशी प्रदेशको मुटु इटहरीकी स्नेहा भट्टराईले अनमोल केसी र प्रिन्सी खतिवडासँगै फिल्म बाटुलो जुन मा अभिनय गर्ने भएकि छिन्। सुरुवातमा फिल्मको कलाकारमा अनमोल र प्रिन्सीको नाम मात्रै आएको थियो, तर पहिलो चरणको छायांकनपछि स्नेहाको नाम बाहिर आएको हो। उनले यो फिल्ममा दोस्रो मुख्य पात्र अर्थात् सहायक अभिनेत्रीको भूमिका निभाउँदैछिन्। यो उनको दोस्रो फिल्म हो।

स्नेहा अडिसनबाट छानिएकी हुन्। निर्माण युनिटले उनको अभिनय मन पराएपछि र क्यारेक्टरमा उनी सुहाउने भएकाले उनलाई लिएको बताइएको छ। उनले पनि यो भूमिकालाई न्याय दिन सक्दो प्रयास गरेको र आशावादी रहेको बताएकी छिन्।

स्नेहाको यात्रा सौन्दर्य प्रतियोगिता मिस कलेज नेशनल २०१७ बाट सुरु भएको हो, जहाँ उनी फर्स्ट रनरअप भएकी थिइन्। त्यसपछि मियुजिक भिडियो , विज्ञापन हुँदै उनले अहिले फिल्ममा राम्रो स्थान बनाउँदैछिन्। उनले हालसम्म झण्डै ३५ वटा कमर्सियल विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन्।

बाटुलो जुन केसी परिवारको होम प्रोडक्सन हो, जसलाई भुवन केसीले निर्देशन गर्दैछन् र यसै वर्षको अन्त्यसम्म रिलिज गर्ने योजना रहेको छ।

 

तपाईको प्रतिक्रिया