रिलिज भएको छोटो समयमै बहुप्रतिक्षित नेपाली चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलरले युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ। ट्रेलरले छोटो समयमा नै दर्शकको उल्लेखनीय ध्यान तान्न सफल भएको छ।

ट्रेलर सार्वजनिक भएको केही दिनमै सामाजिक सञ्जालमा यसको प्रशंसा भइरहेकी छ। दर्शकहरूले चलचित्रमा देखिएको बलियो कथा, आकर्षक संवाद र कलाकारहरूको दमदार अभिनयको खुलेर तारिफ गरिरहेका छन्। विशेषगरी प्रमुख पात्र बलरामको व्यक्तित्व र कथावस्तुको प्रस्तुतीकरणले दर्शकमा चलचित्रप्रतिको उत्साह अझ बढाएको छ।

चलचित्रमा समसामयिक सामाजिक सन्देशका साथै मनोरञ्जनको मिश्रण प्रस्तुत गरिएको निर्माता पक्षले जनाएको छ। निर्देशकका अनुसार ‘वरिष्ठ बलराम’ केवल मनोरञ्जनका लागि नभई समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले निर्माण गरिएको चलचित्र हो।

चलचित्रमा दयाहाङ राई, विजय बराल, सुप्रिया काफ्ले, कमलमणि नेपाल, बुद्धि तामाङ र पासाङ राई लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।

‘वरिष्ठ बलराम’ को ट्रेलरले छोटो समयमा पाएको सफलता नेपाली चलचित्र उद्योगका लागि पनि सकारात्मक संकेतको रूपमा लिइएको छ।

चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

तपाईको प्रतिक्रिया