आर पोखरेल ,काठमाडौँ, साउन ७ । बिगत निकै लामो समय देखी नेपाली गीत संगीतका पारखीहरुको ढुकढुकी बन्न सफल गायक सविन रसायलीको मौलिक तिज गित “साली भेना”को अडियो तथा भिडियो वजारमा सार्वजानिक भएको छ । रमाइलो पारामा मौलिक भावहरुलाई गायक सविन रसाइली र गायिका चन्द्रकला कंवरको आवाजमा रहेको गीत बजारमा आएको हो । गीतको भिडियो लाई पुजा डिजिटल म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
सविन रसाइलीको उत्कृष्ट शव्द मौलिक लय सिर्जनमा रहेको गीतमा नेपाली नारीहरुको पिडालाई ठ्टयौली पारामा ब्यक्त गरिएको छ । गीतमा नव विवाहीत जोडीको प्रेमका सम्वादहरुलाई समेटिएको छ । प्रकाश बहादुर खड्काले छायाँकन गरेको भिडियोलाई चेतन सागरले सम्पादन गरेका छन । मौलिकतामा आधारित गीतमा बिक्रम चौहान , टिका जैशी र विपना विसीको अभिनय रहेको छ । भिडियोलाई गीतको भाव अनुसार कलात्मक रुपमा निर्देशन विक्रम चौहानले गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया