रोशन पोखरेल ,काठमाण्डौ, साउन २३ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका पुर्व सन्ध्यामा गायक कमल विरहीको तिजको कमेडि गीतको कोशेली “बाजी ठोकौ ”बजारमा आएको छ । तिलक राज धायलको लय तथा शब्दमा रहेको तीज गीतमा कमल विरही र गायिका लक्षु माझीको आवाज रहेको छ ।
तिजको मौलिक परम्परालाई जर्गेना गर्नको लागी तिज बजारमा ल्याएको कमल विरहीले बताए । आम दर्शक तथा श्रोतालाई मार्मिक गीत बजारमा आइरहेको अवस्थामा विल्कुलै नयाँ किसिमको गीत ल्याएको उनले दावि गरे । तिज गीतको भावलाई समेटेर रमाइलो पारामा गीतको भिडियो तयार पारिएको उनले बताए ।
प्रकाश खड्काको छायांकन , राजेश कुमारको सम्पादन र विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । सो तीज गीतमा विष्णु कुवँर , चन्द्रा विसी को रुपमा देख्न सकिन्छ

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया