राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको भिडमा पछिल्लो पटक धेरै दशैँ तिहार संग सम्बन्धित गीतहरु बजारमा आइरहेका छन् । यस भित्र थोरै रोमान्चक तर धेरै दुखका गीतहरु बजारमा छन् । बाध्यता र बिबस्ताको कारण यस बर्ष पनि यो दशैँमा घर आउन पाइन, राम्रो संग दशैं मानाउनु, जस्ता धेरै गीतहरुले यस उमङ्गमय पर्वमा अझै निरास्ता पैदा गराउने गर्दछन् । हुन पनि हुने खानेहरूका लागि दशैँ उल्लास मय बन्ने गर्दछ भने हुँदा खानेहरूका लागि दशैँ दशा बनेर आउने गर्दछ । त्यसैले यस्ता गीतहरुले झनै आलो घाउमा नुन खुर्सानी छर्किए झैँ हुँदो हो । बिहान खायो बेलुका के खाउँ अनि बेलुका खायो बिहान के खाउँ हुने आम नेपालीहरुले यतिबेला संगीतकै माधुर्यता बाट उल्लास खोजिरहेका छन् ।

यसैलाई मध्यनजर गर्दै दोलखा जिल्लामा जन्मिएर बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीतहरुको माध्यमबाट समाजको आवाज बुलन्द गर्दै अगाडी बढिरहेका गायक तथा सर्जा उद्धब घिमिरेको सुमधुर स्वरमा “जमरा राख्नलाई” बोलको गीत सार्बजनिक भएको छ । उद्धब र सिताराम लोहनीको संयुक्त प्रस्तुति बाट बजारमा आएको यस गीतमा उद्धब संगै सिताराम लोहनी र र रुशा लामाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गीतको भाव अनुसार धेरै बर्ष सम्म आफ्नो घर परिवार संगै दशैँ तिहार मनाउन नपाएका यस गीतको म्युजिक भिडियोका मोडल उद्धब घिमिरे, घटस्थापनाको दिन सम्म आफ्नो घर पुग्ने भएका  छन् । यता स्वदेशमा रहेकी उद्धब कि श्रीमती आयुष्मा कार्की पनि यस बर्षको     दशैँ आफ्नै श्रीमान संग मनाउन पाउने भएको हुँदा खुसीले गद्गगद् छिन् ।

पुराना सर्जक केशबराज चौलागाईंको शब्द तथा उद्धब घिमिरेको लय सृजनाले सकिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन रुकेश बरालले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलाको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया