राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा परिचित नाम बिष्णु खत्री । जस्को विभिन्न् गीत संगीतहरुमा समाज र राष्ट्र बोलेको हुन्छ । निकै लामो समय देखि गीत संगीतको क्षेत्रमा क्रियाशिल रहदै आएका सर्जक खत्रीको स्वर एवम् लय सृजनामा भर्खरै एक कारुणिक कथामा मन छुने गीत “फाँसी” सार्वजनिक भएको छ । दिलिप रेग्मीको शब्द, तथा म्युजिक भिडियो निर्देशन र अभियनमा रहेको यस गीतकोे प्रस्तुतकर्ता पनि रेग्मी स्वयम् हुन् । मरुभूमि  नारायण द्वारा छायाँकंन छायांकन भएको यस गीतको म्युजिक भिडियोलाई सम्पादन भने रमेश रसाइलीले गरेका छन् ।

झझल्को डिजिटलले प्रालिले बजार व्यवस्थापन गरेको अत्यन्तै मार्मिक गीत “फाँसी”ले बाध्यता र बिबस्ताको कारण परदेश पुगेर आफ्नो दैनिक कामको सिलसिलामा त्रुटी भएर फाँसी लाग्नु परेको दर्दनाक कथा समाबेस गरिएको छ । यसरी उक्त घटना दशैको टिकाको दिन घर परिवारले थाहा पाए पछिका स्थितिलाई पनि केन्द्रित गरेर तयार पारिएको सबै किसिमका गीत संगीत मनपराउनु हुने दर्शक एवं श्रोताहरुको मन जित्न सफल होस्का हामी हाम्रो तर्फ बाट पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया