राजु बोहरा–काठमाडौँ । सम्पूर्ण गीत संगीत पारखिहरुको माझ सांगीतिक साथी बन्नका निमित्त स्थापित साथीभाई डिजिटल प्रा.लि ले भर्खरै मात्र बिजय दशमी तथा दिपावलीको शुभकामना सहित एक दश बर्षे बालक द्वारा स्वर बद्ध गीतलाई सार्बजनिक गरेको छ । हरेक चाड पर्ब, घरको सम्पूर्ण जिम्मेवारी बहन गर्नु पर्ने अविभावकलाई भन्दा पनि बाल बच्चालाई महत्वपुर्ण हुने गर्दछ । त्यसमाथि पनि बाध्यता र बिबस्ताको कारण परदेशिएका आफ्नो बुबा घर आउने भएपछी उनीहरुको मन फुरुंग हुने गर्दछ ।

यसैलाई मध्यनजर राख्दै “सुन सुन साथी हो” नामको साथमा बजारमा आएको यस गीतमा १० बर्षे बालक बिशाल बि.सी को सुमधुर स्वर रहेको छ । रामु बिरही द्वारा लय तथा शब्द सिर्जना भएको यस गीतको म्युजिक भिडियोमा पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा बिबेक बि.सी, सुबाश,माया, क्रिष्टिना, सानी, रोजिका र रोजिनाको मन लोभ्याउने अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन, छायांकन तथा सम्पादन रामु बिरहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया