काठमाडौ – बिसौ ईमेज अवार्ड सर्वोत्कृष्ट गायन विधामा गायक रुपकुमार राई र गायिका मेनुका राई अब्बल ठहरिएका छन् । “नौ लाई सुन्ना नब्बे” बोलको गीतबाट सर्वोत्कृष्ट अवार्ड जितेर अब्बल ठहरिएका हुन् ।

राजधानीको सोल्टी होटेलमा भएको कार्यक्रममा मनोनित अन्य गीतहरुलाई पछि पार्दै “नौ लाई सुन्ना नब्बे सर्वोत्कृष्ट भएको हो । संगीतकार तथा गीतकार डिआर अटुको शब्द रचनामा रहेको गीत “नौ लाई सुन्ना नब्बे” लाई एरेन्ज भने राजु कार्कीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेल ज्योति मगर र काजिश श्रेष्ठले अभिनय गरेका छन् भने भिडियो निर्देशन पनि काजिश श्रेष्ठले नै गरेका हुन् । दिपक बिष्टले भिडियो सम्पादन गरेको म्युजिक भिडियोमा मिक्सिङ्ग मास्टरिङ्ग भने महेश्वरराज भण्डारीले गरेका थिए ।

अवार्ड जितेपछिको प्रतिक्रियामा “यो गीत तयार गर्दा हाम्रो टिमले धेरै मेहनत गरेका थियौ । मेहनतको फल पाउदा औधि खुशी लागेको गायक रुपकुमार राई र गायिका मेनुका राईले बताएका छन् । कोरियामा रहेका संगीतकार तथा गीतकार डिआर अटुले पनि अत्यन्तै खुशी लागेको बताए ।

तपाईको प्रतिक्रिया