काठमाडौँ कार्तिक ०९ – सत्यवती फिल्मसको आयोजनामा राष्ट्रिय नाच घर जमल, काठमाडौमा चर्चित गायक अर्जुन सुनामको “अर्जुन सुनाम सुमधुर साझ २०७५ ” मंसिर ८ गतेका दिन सम्पन्न भएको छ । क्यानसर पीडितहरुको सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको कुरा आयोजकले बताएका छन् । सो साझ सत्यवती फिल्मसको अध्यक्ष उदिराम खड्काको अध्यतामा सम्पन्न भएको थियो भने वन तथा वातावरण मन्त्री शक्त बहादुर बस्नेत प्रमुख अतिथी रहेका थिए ।

प्रमुख अतिथी वन तथा वातावरण मन्त्री शक्त बहादुर बस्नेतले दिप प्रज्वलन गरेेर सो साझको उद्घाटन गरेका थिए । कार्यक्रममा दर्शकहरुको घुईचो लागेको थियो । उक्त कार्यक्रममा औपचारिक कार्यक्रमको संचालन यज्ञराज उपाध्यायले गरेका थिए भने दोस्रो चरणको कार्यक्रम संचालन राजकुमार रायमाझीले गरेका थिए । कार्यक्रममा वरिष्ठ गायक एबम निर्देशक नारायण रायमाझी, गायक चन्द्र शर्मा, कलाकारहरु, पत्रकारहरु लगायत धेरै दर्शकहरुको उपस्थिती रहेको थियो । सो साझमा अतिथी कलाकारको रुपमा बिबि अनुरागी, टीका पुन रहेका थिए भने गायक अर्जुन सुनामलाई सुनितामी परियार, प्रेम अर्याल , प्रनिल तामाङ, रेजिना परियार लगायत अन्य कलाकारहरुले साथ दिएका थिए ।

अर्जुन सुनाम सुमधुर साझ २०७५ भब्य, सभ्य रुपले सम्पन्न सम्पन्न हुनुमा सहयोगीदाता, कलाकार, पत्रकार, दर्शकहरुको माया रहेको कुरा जानकारी गराउदै अध्यक्ष उदिराम खड्काले सबै प्रती आभारी समेत रहेको बताए । यस कार्यक्रममा पत्रकार, कलाकार, सहयोगीदाताहरु र अन्यलाई सम्मान पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया