राजु बोहरा–काठमाडौँ । स्थायी घर गोर्खा भएका र हाल रोजगारीको सिलसिलामा मलेसिया रहेका बहु प्रतिभाका धनि कलाकार रमेश परियार, फेरी पनि नेपाली गीत संगीतको क्षेत्रमा एक छत्र रुपमा आउने भएका छन् । उनले यस अगी छेउमै बस आउ, रोधी घरैमा, पाइला अन्तै मोड्यौ निष्ठुरी, नम्बरी सुन, रोएँ धर्की धर्की, आँखैको गाजल, लाहुरे दाइ, चंगासरि, गजल सितको थोपा लगाएतका दर्जनौं गीतहरुमा आफ्नो सिर्जना पस्किसकेका छन् । बिशेष गरेर कसैलाई आफ्नो जिन्दगीको यात्रामा काहीं कतैबाट बज्रपात हुन्छ भने उक्त व्यत्तिलाई नै साहित्य प्रति अझै बढी रुची बढेको हामीले पाएका छौं । तसर्थ रमेशको व्यक्तिगत धारणा बुझ्दा उनि पनि कुनै त्यस्ता वियोगको बज्रपातमा परेका छन् र यी यस्ता सृजनाहरु सबैको जिबनमा मेल खाने गरेर प्रस्तुत गर्न सफल भएका छन् ।

रमेशले कुनै पनि गीतमा आफ्नो सिर्जना पस्किनु मात्र होइन धेरै गीतहरुको म्युजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । उनि द्वारा अभिनित पागलै गरायो, कसम सानु लगाएतका गीतहरुको म्युजिक भिडियो रहेको छ । पछिल्लो समयमा युट्युब भ्युवर्सको माध्यमबाट गीत चलेको कलाकार जमातको मान्यतालाई रमेश भन्छन्, लोकप्रिय र चर्चित फरक कुरा हो । चर्चित त सिमित घेरा भित्र हुन्छन् नै तर लोकप्रिय बन्नका लागि सामाजिक यथार्थता कुनै पनि गीत संगीतमा हुन पर्यो, युट्युबमा चर्चामा रहेका गीतहरु चलेको मान्न सकिंदैन । गीत चल्न लोकप्रिय हुनुपर्ने उनको धारणा रहेको छ ।

रमेशको लय सृजनामा पछिल्लो समय बजारमा आएको हरी थापाको “आँशुको पोखरी” बोलको गीत रहेको छ । सार्बजनिक भएको यस गीतको लय तर्फबाट पनि उनले चारै तिरबाट प्रसंसा प्राप्त गरिरहेका छन् । गीत तयार गर्दा सबै  भन्दा पहिले शब्द तयार हुन पर्यो र त्यस पछी त्यहि शब्दको भावमा लय बनेमा गीतले असली रुप पाउने छ । उनि फेरी भन्छन्, पछिल्लो समय कुनै भाका तयार भएपछी शब्द खोज्दा गीतले असली रुप् नपाएको धेरै छ । रमेशको अर्को निकै मनछुने प्रस्तुति “पानि तुर्की” पनि बजारमा आउने तयारी भरहेको छ । यस गीतमा बिष्णु माझी र ऋषि खड्काको सुमधुर स्वर रहने जानकारी प्राप्त भएको छ । अन्य गीतहरु पनि क्रमस बजारमा आउने जानकारी उनले गराएका छन् । हामी रमेश परीयारको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

रमेश द्वारा लय बद्ध “आँशुको पोखरी बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया