काठमाडौं । मिस वल्र्ड प्रतियोगितामा सहभागी नेपालकी प्रतिस्पर्धी श्रृंखला खतिवडाले ओभरअल मल्टिमिडिया अवार्ड जितेकी छन् । यो अवार्ड जिते सँगै उनी ओभरअल प्रतियोगिताको टप ३० मा प्रवेश गरेकी छिन् ।

दुई दिन अघि सम्पन्न ‘हेड टु हेड च्यालेञ्ज’बाट टप ३० मा पुग्न नसकेकि श्रृंखलाले ओभरअल मल्टिमिडिया अवार्ड जित्दै टप ३० मा स्थान बनाएकि हुन् ।

‘हेड टु हेड’मा सिंगापुरकी सुन्दरी भेनेसा पहेसँग श्रृंखला पछाडि परेपछि भोटरहरु केहि निराश भएका थिए । उनले भिडियो सन्देश मार्फत निराश नहुन अपिल समेत गरेकि थिइन् ।

मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् ।

आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी हुन् ।
मेस नेपालको ताज विजेताका रुपमा खतिवडाले मिस वल्र्डमा प्रतियोगिता जनाइरहेकी छन् । प्रतियोगिता चीनको सान्या शहरमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया