राजु बोहरा–काठमाडौँ । स्थायी घर दोलखा र हाल मलेसिया रहेका पासांग शेर्पा र श्यामकाजि खड्काको संयुक्त प्रस्तुति “दोलखा जिल्ला बिगु गाउँपालिका” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । माया प्रीतिको प्रसङ्ग तयार भएको भए पनि यस गीतले आन्तरिक पर्यटन प्रबर्धनमा टेवा पुग्न सक्ने बिश्वास लिन सकिन्छ । किन कि गीतको थेगोबाट आफ्नी प्रेमिकालाई आकर्षित तुल्याउनको  निमित्त यस ठाउँको बर्णन गरिएको छ । गीतको सबै अंश सुन्दा एक प्रेमी अथवा प्रेमिका मात्र होइन यति मिठो गीतको उत्पादन हुने ठाउँमा जो कोहिलाई पनि आकर्षित भएर घुम्न जाने सोच बन्न सक्दछ ।

“दोलखा जिल्ला बिगु गाउँपालिका बोलको गीतलाई पासांग शेर्पा, श्यामकाजि खड्का र सावित्री के.सी को सुमधुर स्वर सुन्न सकिन्छ । पासांग शेर्पाको मौलिक लय सिर्जना र श्याकाजी खड्का अनि पासांग शेर्पाको उत्कृष्ट शब्द सिर्जना बाट सजिएको यस गीतको म्युजिक भिडियोमा उद्दब घिमिरे र सोनी बि.सी को आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागार गौतम र सम्पादन मिन रावलले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया