नेपाली पप सांगीतिक छेत्रका सफल गायक अविनाश घिसिङको नयाँ गीत सार्बजनिक भएको छ । ‘कलकत्ते काइँयो’ जस्तो सफल गीतका गायक अविनाश घिसिङको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । आइतबार हाइलाइट्स नेपालको युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा अविनाशसँगै मुना पाख्रिन स्वर सुन्न सकिन्छ ।
गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै छ ।भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्सी लामा फिचरिङ छन् । कालिञ्चोकको सुन्दर लोकेसनमा खिचिएको भिडियो निकै गुणस्तरीय छ । राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ। ‘कलकत्ते काइँयो लगायत उनका धेरै गीतहरु दर्शक हरुले अत्याधिक रुचाएका छन् ।‘लाइसेन्स ठेक्का’लाइ पनि दर्शकहरुले मन पराउने गायक घिसिङको विश्वास छ ।







































































