काठमाडौँ पौष १० – नेपाली गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा निकै धरासाही बन्दै गहिरहेको अवस्था छ । कुनै पनि गीतमा लाखौँ खर्च गर्यो हात लाग्यो सुन्य बनिरहेको यो अवस्थमा थोरै आशाको माध्यम भनेको युट्युब च्यानल रहेको छ । यसमा पनि बुस्ट गर्ने र आफ्नो गीतको भ्यु अत्यधिक देखाउने परिपाटीले कलाकारहरुको तर्फबाट अझै थप लगानी यहि प्रविधिले मागिरहेको छ । यसरी लगानी माथि लगानी गरेर चर्चामा आएका कलाकारहरुको अन्तर्वार्ता प्रस्तुत गरेर मुनाफा लिने मिडिया पनि प्रसस्तै भेटिन्छन् । यी यस्ता मिडियाहरुले कलाकारहरु लाई उनीहरुको चर्चा परिचर्चाका लागि थप महत्वपुर्ण भूमिका त निर्बाह गरेकै छन् तर पनि बर्षौ देखिको सफल कलाकार बन्नका निमित्त उनीहरुको के कति त्याग तपस्या गर्नु भरेको छ भन्ने किसिमको बुझाइ भने थोरैले मात्रै राखेका छन् ।

यसैलाई मध्यनजर राख्दै संगीत सरोबर नामक युट्युब च्यानलका संचालक राजु बोहराले धेरै कलाकारहरुको अनुहार आफ्नो च्यानल मार्फत देखाउंदै उनीहरुको अनुहार बेचेर एकतर्फी आर्थिक लाभ लिनु भन्दा पनि कुनै पनि कलकारहरुको अन्तर्वार्ता संगीत सरोबरको युट्युब च्यानलमा राखे बापत र त्यसबाट युट्युब मार्फत प्राप्त भएको रकमलाई १०% सम्बन्धित कलाकारलाई दिने निर्णय गरेका छन् ।

कुन फेसले कति युट्युब भ्यु पाउछ भन्ने कुरा थाहा हुँदैन र यतिखेर मानिलिउ कुनै कलाकारको अन्तर्वार्ता युट्युब भ्यु अत्याधिक पाएर १० लाख मिडियाकर्मीले पाउने समय भयो भने १ लाख त कलाकारलाई वितरण गर्न सकिन्छ । अथवा यति ठुलो परिकल्पना गर्न नसके पनि धेरै थोर प्राप्त भएको रकमलाई १०% हस्तान्तरण गर्न सकिएको खण्डमा मिडियाकर्मी पनि बाँच्ने र कलाकारहरु पनि बाँच्ने छन् भन्दै राजुले आफ्नो धारणा राखेका छन् ।

संगीत सरोबरको युत्यूब च्यानल मार्फत राजु बोहराले माथि उल्लेखित धारणा सार्बजनिक गरेपछि सुबास के.सी र झलक संगीतामको अन्तवार्ता प्रकासन गरिसकेका छन् ।

उक्त अन्तर्वार्ता हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया