काठमाडौँ, पुस १६
नेपाली लोक दोहोरी गीतको क्षेत्रमा मौलिक लोक लयमा आधारित गीत कम मात्रामा आइरहेको अवस्थामा निकै रमाइलो पारामा युवा युवती विचको सम्वादलाई समेटेर केशव अधिकारी को लोकदोहोरी गीत ‘सानु विहे भयो की भा छैन ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रमेश उपाध्यय , सन्तोष रेग्मी र स्मृती बजगाईँको आवाज रहेको छ ।
लाहुर बाट आएको लाहुरे र गाउँकी युवती विचको प्रेमको सम्वादलाई भिडियोमा समेटिएको छ । आफनो मनमा विहे गर्ने मन भएको तर आफुले खोजे जस्तो राजकुमार हाल सम्म नपाएको गुनासो गायिकाले गरेकी छन । शितल राज गिरीको शब्द तथा लय सिर्जना रहेको छ । केशव खत्रीको छायाँकन , अनिल रानाको सम्पादन , केशव खत्रीको निर्देशन भिडियोमा रहेको छ । गीत ‘सानु विहे भयो की भा छैन ’ गीतमा संजिव सिंह ठकुरी , त्रिसना खड्का र गोपाल केसीको अभिनय रहेको छ ।
‘सानु विहे भयो की भा छैन ’ को हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया