२५ वर्ष पुरानो चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको ”कुरा काट्ने” बोलको गीत सार्वजनिक भएको छ ।विश्वनाथ योन्जनको शब्द र बिशाल कल्तानको संगीत रहेको गीतमा जितु लोप्चनको फेमल भोकल रहेको छ भने गीतको म्युजिक भिडियोमा सदिप गोले र दिप्ती गोम्जा फिचर्ड छन ।

बुद्ध थापाको क्यामेरा ,बिकाश धमालाको संगीत रहेको गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। ”कुरा काट्ने” को भिडियो भन्दा अगाडी तामांग पप सेलो र अन्य म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडेल सदिप गोले पछिल्लो समय म्युजिक भिडियोको अभिनयमा ब्यस्त रहन थालेका छन। उनीद्वारा अभिनित अरु भिडियो केहि समयपछि नै रिलिज हुदै छन ।

तपाईको प्रतिक्रिया