राजु बोहरा–काठमाडौँ । म्युजिक ल्याब प्रालिको प्रस्तृतीमा हिरालाल भोम्जनको वियोगान्त लोक दोहोरी गीत ‘मायाको दिप जलाई’ भर्खरै मात्र सार्वजनिक भएको छ । निश्चल र चोखो माया कसैलाई गरिन्छ र त्यो माया बाट धोका खाइन्छ भने सायद जो कोहीलाई पनि सहन गाह्रो हुन्छ । यस्तो अवस्थमा पनि एक प्रेमीले बिगत भुल्न नसकेको यथार्थता समाबेस गरिएको यस गीतमा चर्चित गायिका बिष्णु माझी र प्रकाश कटुवालको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतलाई कृष्ण राई ‘बिन्दास’ ले शब्द भरेका हुन् भने लय  प्रकाश कटुवालको नै रहेको छ । गायक तथा सर्जक प्रकाश यस अगिका धेरै गीतहरुमा रोमान्चक ढंगले प्रस्तुत भएका छन् । मन्द बिटको थोरै गीत मध्ये यस गीतले कस्तो प्रतिक्रिया पाउने हेर्न बाँकी नै छ । यस माथि पनि गायिका बिष्णु माझिको पछिल्लो समय थप चर्चा परिचर्चा भैरहंदा स गीतले अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्नेमा ढुक्क हुन सकिन्छ ।

स्मुति तिमिल्सीना गुरुआमाको निर्देशनमा तयार भएको ‘मायाको दिप जलाई’ बोलको गीतको म्युजिक भिडियोलाई छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन अमर शाक्यले गरेका छन् ।  भिडियोमा अन्जली अधिकारी , हिरालाल भोम्जन र बिनोद ढकालको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया