बिगत एक दशक देखि नेपाली चलचित्र क्षेत्र अर्थात रंगिन संसारमा अनबरत रुपमा आफुलाई उभ्याएर सबल अभिनेत्रीको रुपमा चिनाउन सफल नाम हो, नायिका सपना सिंह ठकुरी l नेपाली सिनेनगरी तथा मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका सपना सिंह ठकुरी आफ्नो चर्चा संगै म्युजिक भिडियो तथा चलचित्रमा ब्यस्त बन्दै आएकी छिन l

नेपाल टेलिभिजन बाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमि’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिका सपना सिंह ठकुरी बिगत लामो समय देखि नेपाली सिनेमा जगतमा छिन l नेपालगंज घर भएकी सुन्दरी नायिका सपना केहि बर्ष अघि सिने क्षेत्रमा आफ्नो भाग्य चम्काउन राजधानी प्रवेश गरेकी हुन् l पुरानो बानेश्वरको एम आर थिएटर बाट भरत नाट्यम, अभिनय र आधुनिक नृत्य सिकेकी नायिका सपना सिंह ठकुरी अभिनय र नृत्यमा पोख्त छिन l नायिका सपना सिंह ठकुरीले दर्जनौ चलचित्र, सयौ म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन त्यस्तैगरी करिब २ दर्जन थिएटर सो मा अभिनय गर्नुको साथै विभिन्न व्यापारिक एड समेत आफ्नो कला कौसल प्रदर्सन गरिसकेकी छिन् l अभिनय र नृत्यमा पोख्त नायिका सपना हेर्दा पनि त्यतिकै आकर्षण र सुन्दरी छिन l सधै हासी रहने मिठो मुस्कानकि धनि नायिका सपना सबै संग चाडै घुलमिल हुन सक्ने क्षमताकि धनि छिन l

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न कार्यक्रमहरुमा समेत आफ्नो उपस्थिति देखाइसकेकी नायिका सपनाले विभिन्न अवार्डहरु बाट समेत सम्मान हासिल गरिसकेकी छिन l

लेखक तथा कलाकार बाबा श्यामानन्द सिंह ठकुरी “वर्तमान” र माता लक्ष्मी देबी सिंह ठकुरीको प्रेरणा, हौसला र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नायिका सपना सिंह ठकुरी आफुलाई अभिनय र कला प्रस्तुत गरेर आफु भित्र भएको क्षमता लाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित भएकी हुन l चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशीलता, अभिनय क्षमता हुनु पर्नेमा बिश्वास राख्ने सपना क्षणीक चर्चाको लागि आफु ननाङगिने र ग्ल्यामरसको नाममा जे पायो त्यहि पनि नगर्ने उनि बताउछिन l

कलाकारिता संगै एनजीओ आइएनजीओहरुको प्रोजेक्टमा समेत काम गर्दै आएकी सपना सामाजिक कार्यमा समेत उत्तिकै रुचि राख्दै सामाजिक कार्यमा समेत काम गर्दै आएकी छिन l

भबिष्यमा आफुलाई आफ्नो अभिनय, नृत्य को माध्यम मार्फत एक कुशल अभिनेत्री को रुपमा स्थापित गराउन लागिपरेकी नायिका सपना सिंह ठकुरी आफ्नो सुन्दरता प्रति पनि त्यतिकै ध्यान दिन्छिन र नेपाली दर्शकहरुको मागलाइ ध्यान दिदै समय सापेक्ष आफुलाइ परिबर्तन गर्दै लैजाने र राम्रो कथा बस्तु नेपाली समाजलाइ पच्ने खालको चलचित्रमा आफु सधै अभिनय गर्न तत्पर रहेको उनि बताउछिन l

तपाईको प्रतिक्रिया