गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल धुर्मुसले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् । विभिन्न सञ्चारमाध्याममा मलेसियाका नेपालीले सहयोग नगरेको समाचारहरु आइरहेका बेला धुर्मुसको यस्तो भनाइ सार्वजनिक भएको हो । उनले मलेसियाबाट सोचेभन्दा पनि राम्रो साथ, सहयोग र सदभाव पाएको बताएका छन् ।

उनले रंगशालाकै अभियानलाई लिएर फेरि केहि समयपछि मलेसिया आउने निम्तो पाएको समेत बताए । उनले भने, ‘यसले हामीलाई थप हौसला मिलेको छ । यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात् जानकारी गराउने छौं। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहन्छु।’
करिब तीन अर्बको लागत अनुमान गरिएको रंगशाला चितवनमा बन्नेछ।

तपाईको प्रतिक्रिया