मुम्बइ। बलिउडमा र्यापर बादशाह बलिउडमा हिरोको रुपमा डेब्यू गर्दैछन् । बादशाहको फिल्ममा उनको अपोजिट रोलमा हिरोइन सोनाक्षी सिन्हा हुनेछिन् । फिल्ममा बरुण शर्मा र अनु कपूरको पनि महत्वपूर्ण भूमिका हुनेछ । फिल्मको हिजोदेखि सुटिङ सुरु भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमार्फत यसबारे जानकारी दिएका हुन् ।

फिल्मको निर्माण भूषण कुमार, महावीर जैन र मृगदीप सिंह लाम्बाले गर्दैछन् । फिल्मको निर्देशन शिल्पी दास गुप्ताले गर्दैछिन् । फिल्मको नाम निश्चित भइसकेको छैन । बादशाहले हनी सिंहसँग २००६ मा बलिउड करिअर सुरु गरेका हुन् । २०१२ मा उनले हनी सिंहसँग छुट्टिएर हरियाणवी गीत ‘कर गइ चुल’बाट प्रसिद्धि हासिल गरे । यो गीतलाई पछि २०१६ मा आएको फिल्म कपुर एण्ड सन्समा लिइएको थियो ।

तपाईको प्रतिक्रिया