काठमाडौ फागुन ०२- । फागुन १० गते देखि अल नेपाल रिलिजको तयारी स्वरुप प्रचार प्रसारलाइ आक्रामक बनाएको चलचित्र रुमालै छ चिनो समुहले आज पत्रकार सम्मेलन गरेको छ । अनामनगर स्थीत एक क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस चलचित्र सङ्ग सम्बन्धीत मुख्य ब्यक्तिहरु उपस्थीत रहेका थिए । विभिन्न टेलिभिजन च्यानलहरु सम्मिलित उक्त कार्यक्रममा निर्देशक दिनेश सिंह ठकुरी, प्रस्तुतकर्ता रेशम थापा, निर्माता चन्द्र बहादुर खड्का तथा नायक सुशान्त कार्की र नायिका अफ्सना थापाले आआफ्नो अनुभव सुनाउदै आफुहरुले सम्पुर्ण मेहनत यसै चलचित्रमा लगाएकोले हेरेर प्रतिक्रिया दिनको लागि आग्रह गरेका थिए ।

नव नायिका अफ्सना थापाले चलचित्रमा अभिनयको हिसाबले आफू नया भएता पनि आफू नेपाली चलचित्रको दर्शक बनेर यसको कथा अध्ययन गरेर अभिनय गरेको प्रसङ्ग राखेकी थिइन । उनले आफुलाइ दर्शकहरुको सुझावको आवस्यकता रहेकोले पनि सकारात्मक वा नकारात्मक प्रतिकृयाको लागि चलचित्र हेर्न आग्रह गरिन ।

नायक सुशान्त कार्कीले देशको वास्तविकतालाइ समेटेर पृथक तरिकाले निर्माण गरिएको कारणले गर्दा रुमालै छ चिनोले नेपाली चलचित्र उध्योगमा एउटा छुट्टै रेकर्ड राख्ने दावी गरे । निर्माता चन्द्र बहादुर खड्काले रुमालै छ चिनो आफुले घर जग्गा जोड्ने व्यवसायिक सोचले नभै सुद्द नेपाली विषय भएकोले लगानी गरेको बताए । चलचित्र आफैमा अमीट किर्ती हुने र रुमालै छ चिनो नेपाली माटो र नेपाली वीर सपुतको साहसको किर्तिमानी कथा भएकोले आफू उत्साहित भएको भनाइ निर्माता खड्काको रहेको थियो ।

चर्चित गायक तथा यस चलचित्रका प्रस्तुतकर्ता रेशम थापाले गायनमा मात्र नभइ चलचित्र क्षेत्रमा पनि केही गरौ भन्ने मनसायले आफुले रुमालै छ चिनो बनाउने साहस गरेको बताए । यो चलचित्र हेर्ने आम दर्शकले चलचित्रमा आफै भएको महसुस गर्ने अपेक्षा गर्दै प्रस्तुतकर्ता थापाले दर्शकले भक्कानो छोडेर रुन सक्ने भएकोले एक टिकट बराबर एक रुमाल दिने बताए । निर्देशक दिनेश सिंह ठकुरिले भने आफुले यस अघिका चलचित्रहरु गौण भएकोले रुमालै छ चिनो लाई पहिलो चलचित्र भन्न रुचाएको बताए । यस चलचित्रमा सबै जनाले मेहनत गरेकोले दर्शकहरुले त्यसको मुल्यांकन गर्नेमा अफुहरु ढुक्क रहेको बिस्वास उनको रहेको छ ।

अर्ग्यानिक स्वदेशी चलचित्र भनेर प्रचार गरिएको यस चलचित्रमा किशोर खतिवडा, मिथिला शर्मा, रश्मि भट्ट, सन्चिता लुइटेल लगायतले पनि अभिनय गरेका छन भने सागर लामको नृत्य, बिनोद सापकोटाको छायांकन, अर्जुन पोखरेल र बिरही कार्कीको सङ्गीत तथा सम्राट बस्नेतको द्वन्द रहेको छ भने रेशम थापाको कथामा दिनेश सिंह ठकुरिको पटकथा र सम्वाद रहेको छ ।

चलचित्रको बारेमा लिइएको अन्तर्वार्ता हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया