काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा आयोजना हुँदै आएको नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको ११औ संस्करण अस्ट्रेलियामा हुने भएको छ । बेलायतमा दशौं संस्करण सम्पन्न भैसकेको यस अवार्ड आयोजना अष्टे«लियामा विगत लामो समयदेखि संचालित एक जिम्मेवार शैक्षिक संस्था बि.एम.डब्लु एजुकेशनल कन्सल्टेन्सीले आयोजना गर्ने भएको हो । कलाकार, पत्रकार, खेलकुदकर्मी र आम सचेत नागरिकहरूलाई एकै समूहमा केन्द्रित गरेर २०६६ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिगत रूपमा दर्ता भएको यस बक्स अफिस इन्टरनेशनल गु्रप, बक्स अफिस फिल्मी क्लव नेपाल र ग्लोबल एक्टर्स फेडेरेशनले नेपाल सरकारको वैधानिकता प्राप्त गरेको सामाजिक संस्था हुन् ।

संस्थाको विधान नै राष्ट्रिय अन्तर्र्रािष्ट्रय बजारमा फिल्म अवार्ड कलाकर्मीहरूको फुटवल र चलचित्र, खेलकुद सम्वन्धि विशेष महत्व दिएर विधान तयार पारेको यो संस्थाले अहिलेसम्म स्थापना कालदेखि नै राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड, नेशनल बक्स अफिस म्यूजिक अवार्ड, ब्लकबस्टर चलचित्र अवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान, नेशनल हिरो अवार्ड, बक्स अफिस च्याम्पियन कप तथा धार्मिक, सामाजिक कार्यक्रमहरू निरन्तर रूपमा गर्दै आईरहेको छ । संस्थाले संस्थागत रुपमा बक्स अफिस अंग्रेजी पत्रिका, नेपाली बक्स अफिस डटकम अनलाईन मिडिया, टेलिभिजन कार्यक्रम, पिकनिक कार्यक्रम, देउसी–भैलो कार्यक्रम र अधिराज्य व्यापी धार्मिक जागरण कार्यक्रमलाई समेत विशेष महत्वका साथ बिगत लामोसमय देखि निरन्तर रूपमा सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।

अहिलेसम्म विशेष गरी संस्थाले विदेशी भूमिमा नेपाली चलचित्रको पहिलो पटक अवार्ड आयोजना, पहिलो पटक बक्स अफिस दैनिक र अंग्रेजी पत्रिका प्रकाशन गरेको छ । संस्थाले सामाजिक रूपमा विभिन्न रचनात्मक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्दै अहिलेसम्म क्लबमा पत्रकार, कलाकार, खेलाडी गरी १२०० भन्दा बढी क्रियाशील सदस्य आबद्ध गरेको छ भने संस्थाको स्थापनाको छोटो अवधिमा नै दुबई, बेलायत, सिगापुर, अमेरिका, जापान र थाईल्याण्डमा आफ्नो शाखा संगठन समेत स्थापना गरेको छ ।

नेपालको सन्दर्भमा बुटवल, पोखरा, नारायणगढ, इटहरी, त्रिशुली, झापा, दोलखामा शाखा संगठन स्थापना गरेको छ । संस्थाले आगामी साधारण सभाबाट ७० वर्ष पुगिसकेको आफ्ना सदस्यहरूलाई वृद्धाभत्ता योजनामा ल्याएको छ भने देशभर बक्स अफिस प्रतिभा संचालन गरेर नयाँ प्रतिभा उत्पादन गर्ने र वर्षमा एउटा सिनेमा निर्माण गर्ने संस्थाको आर्थिक वर्षको योजना छ ।

आगामी अप्रिल ७ मराना अडोटोरियम हल, अष्टे«लियमा अपरान्ह ४ बजे देखि साँझ ८ बजेसम्म संचालन हुने यस अवार्डको बि.एम.डब्लु. एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा बि.एम्डब्लु. इभेन्टसको प्रस्तुती रहने छ भने संस्थाका प्रबन्धक निर्देशक मणि सिलवालको अध्यक्षतामा इभेन्ट डाइरेक्टर दिवस पोख्रेलको संयोजकत्वमा सम्पन्न हुने अवार्ड कार्यक्रमलाई भव्य र सभ्य बनाउन शिरिष बिक्रम थापा, र अर्चना थापाले प्रमुख व्यवस्थापनको जिम्मा लिने छन् । साथै, नेपालबाट बक्स अफिस फिल्म क्लब र बक्स अफिस इन्टरनेशनल गु्रपको ब्यानरमा ग्लोबल एक्टर्स फेडरेसनको व्यवस्थापनमा संस्थाको अध्यक्ष राम बहादुर सुवेदी ‘आर.के.’ को अध्यक्षतामा संस्थाको बरिष्ठ उपाध्यक्ष बरिष्ठ चलचित्र प्रोडक्सन कन्ट्रोलर सुरज आचार्यको संयोजकत्वमा संस्थाको महासचिव आरती बलामीले नेपालको व्यवस्थापन सम्हाल्ने भएका छन् । त्यसै गरी अन्य व्यवस्थापनमा सम्झना लामिछाने र सलोना बज्राचार्यको महत्वपूर्ण भूमिका रहने छ ।
अवार्डलाई भब्य रुपमा सफल र आम दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्न प्रसिद्ध र लोकप्रिय कलाकारहरूले आफ्नो बेजोड प्रस्तुती दिने भएका छ्न । अवार्डमा नृत्य, गायन र हाँस्य प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन प्रधान गर्न लोकप्रिय हांस्यकलाकार केदार घिमेरे ‘माग्ने बुढा’को धर्मपत्नी सहितको रहने भएको छ । अवार्डलाई सांगीतिक रुपमा उचाइ थप्न बरिष्ठ संगितकार, पुराना कलाकार तथा गायक, गायिकाको सहभागिता हुनेछ ।
११ औ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डलाई अझ भब्य र सभ्य रुपमा सफल पार्न अमेरिका रहेका कलाकारहरु समेत उपस्थित हुने बताईएको छ । नेपालबाट यस अवार्डलाई सफल पार्न बरिष्ठ हल व्यवसायी, वितरक, निर्माता र संघ संस्थाका अध्यक्षहरुले सहभागी हुने भएको छन । साथै यस अवार्डको वरिष्ठ निर्देशक तुलसी घिमिरेको ९ सदस्य निर्णायक समितिले विभिन्न ३२ विधामा अवार्डको छिनोफानो लगाउने छ भने अवार्डमा २०७४ चैत्र मसान्तसम्म प्रदर्शनमा आएका ८३ चलचित्रले आफ्नो अवार्डमा प्रतिस्पर्धा गरेका छन् ।

त्यसैगरी अवार्डको एक दिन अगाडी अप्रिल ६ तारिखको दिन सेन्ट जर्ज नेप्लीज क्लबको आयोजनामा राष्ट्रिय कलाकार अष्टे«लियामा बस्ने विभिन्न क्षेत्रसंग आबद्ध बुद्धिजिवीहरु बिच मैलीपूर्ण रमाईलो फुटबल खेलको समेत कार्यक्रम रहेको छ । नेपालबाट कलाकार, निर्माता, निर्देशक, गायक–गायिकाहरुलाई बिन्दास ट्रार्भलका प्रबन्ध निर्देशक भानु ढकालले सम्पूर्ण व्यवस्थापन सम्हालेका छन् ।

अवार्डसँग आबद्ध सम्पूर्ण चलचित्रकर्मीहरु अप्रिल ४ तारिखको दिन नेपालबाट अष्ट्रेलिया प्रस्थान गर्ने छन् भने ९ तारिखको दिन सम्पूर्ण सहभागीहरु स्वेदश फर्कने छन् । कार्यक्रमलाई विगतका वर्षझैं यो बर्ष पनि इमान्दारीता र पारदर्शिताका साथ भव्य सभ्य रुपमा सफल पार्नका लागि चलचित्रकर्मीहरुको एकमात्र अभिभावक संस्था चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ,ग्लोबल एक्टर्स फेडेरेशन र नेपाल इभेन्ट अर्गनाइजेशन फेडेरेशनले ऐक्यबद्धता जनाउँदै पूर्ण सफलताको लागि सामूहिक अपिल गरेका छन

तपाईको प्रतिक्रिया