एजेन्सी। बलिउडकी हट एण्ड ब्युटीफुल अभिनेत्री ज्याकलीन फर्नांडिस सधैं आफ्नो हट अन्दानका कारण चर्चामा रहन्छिन्। केही दिन अगाडि ज्याकलीनको हट लुक मुम्बईको बान्द्रामा देखियो। सो क्रममा ज्याकलीनले कालो रङको शर्टसँग सेतो सेतो रङको टप लगाएकी थिइन्।

ज्याकलीनले घाँटीमा सुनको सिक्री लगाएकी थिइन्। जुन मंगलसुत्र जस्तो देखिएको छ। हिन्दु परम्परा अनुसार मंगलसुत्र भने विवाहित महिलाले मात्र लगाउँछन्।

ज्याकलीन यतिबेला आफ्नो नयाँ फिल्मकालागि निकै मेहनत गरिरहेकी छन्। अन्तिम पटक ज्याकलीन फिल्म ‘रेस–३’ मा देखिएकी थिइन्।

तपाईको प्रतिक्रिया