Flash
काठमाडौं । फागुन १० गतेबाट चलचित्र ब्वाईफ्रण्ड देशभर एक साथ प्रदर्शन हुने छ । बुढाथोकी फिल्मस प्रोडक्शन प्रा.लि.को ब्यानरमा निर्मित ‘ब्वाईफ्रेण्ड’मा अबिभावकले आफ्नो हुर्केको छोरा, छोरीहरुलाई समय दिन नसक्दा उनिहरु कुन बाटो हिंडेका छन् भनि ख्याल नगर्दा त्यसको परिनाम के हुन्छ भन्ने सन्देश दिन खोजेका छन् । चलचित्रका निर्देशक मदन घिमिरे हुन् भने सम्पादन नविन निरौला, व्दन्द शंकर महर्जन, संगित टंक बुढाथोकी, नृत्य पुर्नम राईको रहेको छ ।
चलचित्रका निर्माता कृष्ण खनाल हुन भने प्रस्तुतकर्ता सूर्य बुढाथोकी रहेका छन् । यस चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, सुष्मा तामाङ, पवन खनाल, आकाश बम्जन, शेखर के.सी., कैलाश दाहाल लगायतका कलाकारको अभिनय रहेको छ ।
Published date : २०७५-फाल्गुन-९ १९:३९